• Breaking News

    9.22.2014

    ११ महिनादेखि अनसनरत नन्दप्रसाद अधिकारीको निधन

    काठमाडौं, असोज ६ –द्वन्द्वकालमा माओवादीले छोराको हत्यारालाई कारवाही गर्न माग गर्दै लामो समयदेखि अनसनमा बसिरहेका अधिकारी दम्पत्तिमध्ये नन्दप्रसाद अधिकारीको आज अनसनकै क्रममा मृत्यु भएको छ । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग गर्दै अधिकारी दम्पत्ति विगत लामो समयदेखि अनसनमा रहेका थिए । गोरखा फुजेलका अधिकारी दम्पत्तिका छोरा कृष्णप्रसादको २०६१ जेठ २४ गते हत्या भएको थियो । छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अधिकारी दम्पत्ति अनसनमा बस्दै आएका थिए ।  उनीहरुलाई वीर अस्पतालमा विशेष व्यवस्थासहित राखिएको थियो । अस्पताल स्रोतका अनुसारको अधिकारीको सोमबार अपरान्ह ४:४० मा मृत्यु भएको हो । नन्दप्रसाद अधिकारीका पत्नी गंगामाया अधिकारीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र