• Breaking News

    9.16.2014

    बर्दीवाला प्रहरीले नै लुटे १० लाख

    काठमाडौं, १ असोज ।
    सुन्दा अचम्म लाग्न सक्छ । तर, भयो यस्तै । चाडपर्वको पूर्वसन्ध्यामा प्रहरीले लुटपाट नथा चोरी नियन्त्रणका लागि अभियान चलाइरहेकै बेला केही प्रहरी भने आफैं लुटपाटमा लागेका छन् ।
    बर्दी लगाएर दुई प्रहरीले आइतबा राजधानीमा १० लाख रुपैयाँको यार्सागुम्बा लुटेका छन् । बर्दी लगाएरै लुटपाट गर्ने दुई प्रहरी जवाननले ३ सय ६० ग्राम यार्सागुम्बा लुटेका हुन् ।
    जवानद्वय सन्तबहादुर थापा र भीमबहादुर थापा पक्राउ परिसकेका छन् । उनीहरुले व्यापारी गजेन्द्र भण्डारीलाई यार्सा किन्ने भन्दै बोलाएर लुटेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र