काठमाडौं,भदौ १८–‘माननीय सुश्रीज्यू,चिया पिएर जानुस् न ।’ खुम्बुवान पार्टीका सभासद् आरके खुम्बुले सूश्रीका सुश्री लगाएर सम्बोधन गरे परिवार दलकी मिलन राजबंशीलाई । हातमा फाइल बोकेकी राजबंशी हतार छ भन्दै हिँडेपछि खुम्बुवान संसदीय दलको कार्यालयमा ‘चट्टान’ उपनामका पुर्वमाओवादी नेताले बुढीकन्यालाई सुश्री सुहाएन भन्ने टिप्पणी गरे । आरके भन्दै थिए–उहाँ सुश्री मात्र होइन,भर्जिन पनि हो । ‘भर्जिन ? परीक्षण नगरी कसरी थाहा हुन्छ ?कि तपाईले परीक्षण गरिसक्नु भो ?’ चट्टानले यो प्रश्न राख्दा हरियो व्लाउज र रातो सारीमा सजिएर अगाडि सोफामा बसिरहेकी खुम्बुवान कार्यकर्ता लाजले रातो पीरो बनेर सारीको फेरोले मुख छोप्दै थिइन् । संविधान लेख्ने जिम्मेवारी पाएका माननीयहरु सोमबार संसदीय दलको कार्यालयमा ‘भर्जिन सभासद्’ को गफ गरेर दिन कटाइरहेको थिए । केही दिनअगाडि आफु भर्जिन रहेको अन्तर्वाता दिएपछि अचेल हरेक ‘मान्य’ ले भर्जिन सभासद् भन्दै मिलनलाई छेड हान्ने गरेका छन्,जनआस्था साप्ताहिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
9.02.2014
समचार
No comments:
Post a Comment