पर्वत, साउन ३१ - सौतेनी आमाले घरबाट निकाल्दा वेवारिसे अवस्थामा पुगेकी एक युवती बलात्कारको शिकार बनेकी छन ।
सौतेनी आमाले घरबाट निकालेपछि बेवारिसे अवस्थामा पुगेकी धादिङ्ग जिल्लाकी ती युवती पर्वतको वारी बेनीमा बलत्कारको शिकार बनेकी हुन ।
धादिङ जिल्लाको धार्के गाविस घर भएकी १७ बर्षिया युवती पर्वतको मल्लाज माझफाँट स्थित वारिवेनीमा शान्ति होटलमा काम गर्ने क्रममा पटक पटक बलात्कारको शिकार बन्न पुगेकी छन ।
पर्वतको माझफाँट गाबिस –३ मा पर्ने वारीबेनी स्थित शान्ति होटलमा काम गर्दै आएकी ती युवतीलाई त्यहाँ बसेका यूवाहरुले पटक पटक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला पं्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पीडित युवतीलाई साउन ९ गते काठमाडौबाट बेनीका लागि छुटेको रात्रीबसमा सौतेनी आमाले जवर्जस्ती चढाएर पठाएकी थिइन । म्याग्दीको बेनी बजारमा ओर्लिएपछि ती युवती साउन १० गते म्याग्दीको बेनीस्थित शुभकामना होटलमा बसेकी थिइन् । बसपार्कमा अलपत्र अवस्थामा भेटेपछि उनलाई बेनीमा ग्यारेज सञ्चालन गर्दै आएका भारतीय व्यक्ति अनिल शर्माले शुभकामना होटलमा जिम्मा लगाएपछि भोलिपल्ट वारी वेनीस्थित शान्ति होटलमा दिएका थिए ।
स्थानीयबासीहरुले प्रहरीमा जानकारी दिएपछि प्रहरीले पिडित युवतीलाई होटलबाट उद्दार गरेको हो । प्रहरीले बिहीबार नै उद्दार गरेपनि अनुसन्धानका क्रममा शनिबार मात्र घटना सार्वजनिक गरेको छ ।
पीडित युवतीले आफूलाई बलात्कार गर्ने र जर्बजस्ती घरबाट निकाल्ने सौतेनी आमा सहितलाई जर्बजस्ती करणी र मानव वेचविखन तथा ओसारपोसार ऐन अन्तर्गत कारवाही गरि पाउँ भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतमा जाहेरी दिएकी छिन् ।
उनको जाहेरीका आधारमा प्रहरीले म्याग्दीको सिंगा घर भई माझफाँट ३ वारिवेनी शान्ति होटल सञ्चालन गरी बस्ने कमला भण्डारी, राखु भगवती ९ का गणेश भण्डारी, सोही गाविसका सुजन भण्डारी र भारतीय नागरिक अनिल शर्मालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले पीडित युवतीको जाहेरीका आधारमा घटनामा संलग्न चारै जनालाई हिरासतमा राखेर पीडित युवतीको न्यायका लागि दुवै प्रकृतिका मुद्धा दायर गरिएको बताउनुभयो । घटनामा संलग्न सौतेनी आमालाईसमेत नियन्त्रण लिनका लागि प्रहरी निकायमार्फत पहल गरिएको उहाँले जानकारी दिनुभयो ।
उज्यालो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment