• Breaking News

    8.28.2014

    भलिबल खेलाडी सिपोरा गुरूङ्ले दोस्रो सिनेमाको लागि ६ लाख पारिश्रमिक लिईन !!


    भलिबल खेलाडी सिपोरा गुरूङ्ले आफ्नो दोस्रो सिनेमाको लागि ६ लाख पारिश्रमिक लिएकी छन्। गुरूङ भाषाको सिनेमा ‘यम्फावती दि प्रिन्सेस’को लागि उनले उक्त रकम लिएकी हुन्। कृष्णकुमार गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा उनले यम्फावतीको भुमिका निभाउने छिन्।
     
    सिनेमालाई पोखरामा विभिन्न छेत्रमा काम गरिरहेका दशजना महिलाले खोलेको थुम्रो इन्टरनेशनल कम्पनीले निर्माण गर्दैछ। सिनेमाको बजेट ५० लाख हुने बताइएको छ। कास्कीको हिमाली क्षेत्र कोरी तथा महेन्द्र गुफामा सिनेमाको सुटिङ गरिनेछ। फिल्ममा गुरुङहरुको शास्त्रीय भाषा ‘चों कि’को प्रयोग गरिनेछ।

    सिपोरा गुरूङ्गले यस अघि कृष्णकुमारकै निर्देशनमा बनेको ‘घलेक, दि साइन अफ लभ’ खेलिसकेकी छिन्। पछिल्लो समय ग्ल्यामर क्षेत्रमा पनि सक्रिय सिपोरा गुरुङ  नेपाली राष्ट्रियस्तरकी भलिबल खेलाडी हुन।

    उनले सन् २०१३ को मिस नेपाल संस्करणमा ‘मिस ट्यालेन्ट’ समेत भएकी थिइन। नेपालका तर्फबाट सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिएर पदक जितेकी सिपोरा वर्ष २०६७ सालको पपुलर प्लेयर अफ दी इयरको उपाधि विजेता समेत हुन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र