गृहमन्त्री वामदेव गौतमले गुण्डा नाइके दिनेश अधिकारी चरीको हत्याका सम्बन्धमा छानविन गर्ने बताएका छन् । हत्याबारे बुझ्न मन्त्री निवास पुल्चोक पुगेका एमाले धादिङका नेता र परिवारका सदस्यहरुसँगको भेटमा गौतमले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
चरीलाई प्रहरीले नियोजित रुपमा हत्या गरेको भन्दै असन्तुष्टि जनाउन पुगेका एमाले नेता र परिवारका सदस्यलाई उनले छानविनको आश्वासन दिएका हुन् ।
चरीका आफन्तले भने घटनाको न्यायिक छानविन नहुँदासम्म उनको शव नबुझने बताएका छन् ।
प्रहरीले भिडन्तको नाममा अधिकारीलाई पक्राउ गरी हत्या गरेको आफन्तको आरोप छ । उनीहरुले घटनामा सग्लन प्रहरी अधिकारीलाई समेत कारवाहीको माग गृहमन्त्री समक्ष राखेका छन् ।
चरी हिजो काठमाडौं र धादिङको सीमा भिमढुंगामा प्रहरी कारवाहीमा मारिएका थिए । प्रहरीले उनी इनकाउन्टरमा मारिएको बताएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment