नाइजेरियामा फसेका यी भारतीय डाक्टरहरुले मेल मार्फत भारतीय संचारमाध्यमलाई आफ्नो भिडियो पठाउँदै मद्दतको गुहार गरिरहेका छन् । नाइजेरियामा फसेका यी डाक्टरहरुलाई जबर्जस्ती इबोला पिडितहरुको उपचार गराइएको छ । अस्पताल प्रशासनले उनीहरुलाई सुरक्षा किट दिए बिना नै उपचार गराइरहेका छन् ।
यति मात्र होइन अस्पताल प्रशासनले उनीहरुको पासपोर्ट पनि खोसेर राखेका छन् ।
नाइजेरियामा फसेका चार भारतीय डाक्टरहरुले वाट्स एपमार्फत आफ्नो सन्देश भारतीय मिडियासम्म पुर्याएका थिए । नाइजेरियामा फसेका दिल्लीका चार डाक्टरहरुः योगेश चन्द्रा, दिनेश कुमा, हेमन्त जिंगर र कपिल चौहानले भिडियो मेसेज पठाएका थिए ।
आफ्नो भिडियो सन्देशमा यी डाक्टरहरुले आफ्नो ज्यान खतरामा रहेको जानकारी पनि दिएका थिए । (एजेन्सी)
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment