• Breaking News

    8.25.2014

    आफ्नै बाबुमाथि बलात्कारको आरोप लगाएपछि

    बनेपा, भदौ ९ – काभ्रेपलाञ्चोक जिल्लामा २१ वर्षीया एक युवतीले आफ्नै बाबुमाथि बलात्कारको आरोप लगाएपछि प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।
    जिल्लामा बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै पनौती वडा नं २ मा बलात्कारबारे जाहेरी परेको छ । आरोपित व्यक्तिलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अरुण बिसीले जानकारी दिए ।
    “पीडितले प्रहरीसँग बाबुले जबर्जस्ती गरेको भनेकी छिन् । त्यसैले स्वास्थ्य परीक्षणका लागि पठाएका छौँ,” प्रहरी उपरीक्षक बिसीले भने ।
    अभियुक्त भनिएका बाबुका दुई श्रीमती छन् । तीमध्ये जेठीतर्फकी छोरीमाथि उनले बलात्कार गरेको प्रहरीको आशङ्का छ ।
    छोरीले आफूमाथि बलात्कार भएपछि विष सेवन गरी आत्महत्याको प्रयाससमेत गरेको स्थानीयवासीले बताएका छन् ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र