• Breaking News

    8.25.2014

    धर्म प्रचारका लागि अमेरिका पठाउँछु भन्दै ठग्ने ‘स्वामी’ पक्राउ

    ९ भदौ, काठमाडौं । स्वामी भन्दै ठगी गरेको आरोपमा प्रहरीले विजय भण्डारीलाई पक्राउ गरेको छ ।
    गल्मी घर भइ सितापाइला बस्ने भण्डारीले आफूलाई स्वामी विष्णु प्रपन्नाचार्य भन्दै विभिन्न स्थानमा धार्मिर्क कार्यक्रम गर्दै आएका थिए ।
    उनले सर्वसाधारणहरुलाई हिन्दु धर्मको प्रचार प्रसारको लागी अमेरिका पठाई दिन्छु भनि मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालको नाममा रकम उठाई ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
    भदौ ७ गते एयरपोर्टबाट पक्राउ परेका उनलाई काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरी परिसरसमा राखिएको छ । उनविरुद्ध १७ लाख १५ हजार विगो वरावरको ठगीमा जाहेरी दरखास्त गरेको छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र