• Breaking News

    8.11.2014

    नायक श्रीकृष्ण श्रेष्ठको शब काठमाडौंमा, अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञामा राखिने

    साउन २६ काठमाडौं । नेपाली चलचित्रका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको शब सोमबार काठमाडौं ल्याइएको छ ।

    भारतको नयाँ दिल्लीमा शनिबारराति निधन भएका अभिनेता श्रेष्ठका शब केहीबेरअघि एयर इण्डियाको विमानमार्फत काठमाडौं ल्याइएको हो ।

    उनको शबलाई विमानस्थलबाट तीनकुने, नयाँबानेश्वर, बबरमहल हुदै कमलादीस्थित प्रज्ञा भवनमा ल्याएर अन्तिम श्रद्धान्जलीका लागि राखिनेछ ।

    प्रज्ञा भवनमा सरकारका तर्फबाट सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले अन्तिम श्रद्धान्जली व्यक्त गर्ने छन् । उनको शब काठमाडौं ल्याउदा ठूलो संख्यामा कलाकार तथा उनका समर्थक विमानस्थलमा पुगेका थिए ।

    उनको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । उनलाई अन्त्यष्टिका क्रममा १० जना प्रहरीले सलामी अर्पण गर्नेछन् ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र