जीतबहादुरको खुट्टामा भएको ६ औंलाले भेटायो आमा–बाबुलाई
काठमाडौं, साउन १७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना धर्मपुत्रका रुपमा पालेका जीतबहादुरलाई नेपाल भ्रमणका क्रममा उनका असली आमा–बाबुलाई सुम्पने बताएका छन् । नेपाल भ्रमणको पूर्व सन्ध्या समाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गर्दै भारतीय प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
ट्वीटमा उनले जीतबहादुरका असली आमा–बाबुको पत्ता लागिसकेको र नेपाल भ्रमणका क्रममा जीतबहादुरलाई असली आमा–बाबुसँग भेटाउने बताएका छन् । ट्वीटमा लेखिएको छ, ‘नेपाल भ्रमण मेरी व्यक्तिगत भावनासँग पनि जोडिएको छ । धेरै वर्षपहिले मैले एक अशाहय वालक जीतबहादुरलाई भेटेको थिएँ । उसलाई केही पनि थाहा थिएन । भगवानाको प्रेरणाले मैले उसको जीवनको बारेमा ध्यान दिन शुरु गरे । विस्तारै उसलाई पढ्न, खेल्न रुची बढ्न थाल्यो र विस्तारै गुजराती भाषा सिक्न थाल्यो । केही समय पहिले उसको आमा–बाबुलाई पत्ता लगाउन सफल भएको छु । यो पनि रोचक थियो किनभने उनको खुट्टामा भएको ६ औंला थियो । मलाई खुशी छ कि म आफै उनको आमा–बाबुलाई छोरा सुम्पन सक्नेछु ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment