• Breaking News

    8.20.2014

    छोरा बचाउन खोज्दा छोरी गुमिन्

    दोलखा। टाइफाइडले छोरा सिकिस्त भएपछि स्वास्थ्य केन्द्र हिँडेका एक परिवारले साथै लगेकी छोरीलाई भने गुमाउनुपरेको छ ।

    पुल नभएको खालाबाटै तर्दा तस्कु ९, लाहरेका आकाश तामाङले १० वषएकी छोरी तमन्नालाई गुमाउनुपरेको हो ।

    तमन्ना र उनी खोला तर्दै गर्दा दुबैलाई बगाएको थियो । दुइसय मिटरजती बगाएपछि किनारा लागेका आकाश गम्भीर घाइते छन् ।

    ‘छोरा बचाउन हिँड्दा छोरी गुमाइयो,’ ओछ्यान परेका आकाशले भने, ‘खोलाले विचमा पुगपछि एक्कासि भेल आएर दुवैलाई बगायो ।’

    तमन्नालाई बगाएको बोथ्ले खोलाले तीन वर्ष अघि गाउँकै एक युवतीको ज्यान लीएको थियो । आजको कान्तिपुरमा समाचार छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र