काठमाडौं, साउन १७ – सरकारले सुनकोशीमा भएको विपत्ती न्यूनिकरणका लागि सहयोग गर्न भारत र चीनलाई आग्रह गरेको छ ।
केन्द्रीय सुरक्षा समितिको बैठकपछि गृहमन्त्री बामदेव गौतमले बाढीको क्षति कम गर्न दुवै देशलाई प्राविधिक सहयोगका लागि आग्रह गरेको जानकारी दिनुभयो ।
भारत र चीनले पनि जस्तो सुकै सहयोग गर्नका लागि तयार रहने जवाफ दिएका छन् । गृहमन्त्री गौतमले अवस्था अत्यन्तै कठिन भन्दै संयमता अपनाउन आग्रह गर्नुभएको छ ।
यस्तै सरकारले बाढीले प्रभाव पार्न सक्ने नदी आसपासको २ सय मीटर र कोशीनदी क्षेत्रसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
यस्तै सरकारले कोशी नदीले पार्न सक्ने प्रभाव कम गर्न त्यस क्षेत्रमा सातसय सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । सरकारले सरकारी र निजी सबै हेलिकोप्टरलाई अरु ठाउँमा उडान नगर्न र जोेखिम क्षेत्रका लागि परिचालन हुनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सरकारले शनिबार राति र आइतबार खतरा बढी हुन सक्ने अनुमान गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment