मोरङ,भदौ ३ – अन्तरजातिय बिवाह गरेको बिषयमा दलित परिवार माथि जातिय गाली गलौज र कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दलित परिवारलाई विराटनगर ५ गोकुल टोलबस्ने भीमप्रसाद खतिवडा, बाबुराम न्यौपाने र एकजना महिलालाई प्रहरीले प्रक्राउ गरेको हो ।
बिराटनगर उपमहानगरपालिका ५ गोकुल टोल बस्ने केशव मगरातीको परिवारलाई मध्यराती घरमै पुगेर जातिय,गलौज गर्दै उक्त परिवारमाथि गाली–गलौज तथा कुटपिट गरेका हुन् ।
पीडित मगरातीका २४ वर्षिय छोरा सुमन मगराती र भीमप्रसादकी २० वषिया छोरी उर्मिला खतिवडाले अन्तरजातिय विवाह गरेका थिए ।
उक्त विषयलाई लिएर केटी पक्षका परिवारले केटा पक्षको घरमा प्रहरी लगेर सो–परिवारलाई कुटपिट तथा गाली–गलौज गरेका थिए ।
उमेर पुगिसेकर, राजीखुसी विवागरी अदालतमा नाता समेत कायम गराईसेकेको पििडत सुमन मगरातीले भने–‘दलित भएकै कारण कुटपिट गरेको भन्दै जातिय विभेद र कुटपिट अपराध शाखामा जाहेरी दिएको बताए’ ।
प्रहरीले घटना मिलापत्र गराउन दवाव दिइरहेको तर आफुहरुले कानुन अनुसार कारवाहीको माग गरेको पीडित केशव मगरातीले बताए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment