काठमाडौं, १२ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले नेपालको विकास प्रक्रियालाई सकैले रोक्न नसक्ने बताउनु भएको छ ।
बाढीपीडितका लागि सहयोग प्रदान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा कोइरालाले यस्तो बताउनु भएको हो ।
उहाँले कार्यक्रममा आफ्नो स्वास्थ्यस्थिति राम्रो भएको भन्दै देशमा उज्यालो छाउने दाबी समेत गर्नुभयो ।
’म ठीक छु, संविधान समयमै आउँछ,’ कोइरालाले भन्नुभयो, ‘नेपाल अव उज्यालो बन्नेछ । नेपालको विकास हुँदैछ । यसलाई कसैले रोक्न सक्दैन ।’
उहाँले कार्यक्रममा राहत र उद्दारका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने पनि दाबी गर्नुभयो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment