• Breaking News

    8.07.2014

    राजधानीका गुन्डा निगरानीमा

    काठमाडौं,साउन२३–प्रहरीले राजधानीका अन्य गुन्डामाथि पनि निगरानी बढाइरहेको छ । गुन्डाका नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीसँगको मुठभेडमा मारिएको भोलिपल्ट बिहिबार महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुस्कर कार्कीले अरु गुन्डामाथि पनि प्रहरीले निगरानी बढाइरहेको बताएका हुन् ।
    कार्कीले भने,‘चरी मारिनु हुँदैनथ्यो । नेपाली जनता मरेकोमा दुःखी छु तर प्रहरीमाथि नै गोली प्रहार गरेपछि आत्मरक्षाका लागि क्रस फायर गर्दा उनको मृत्यु भयो । प्रहरीले अन्य गुन्डामाथि पनि निगरानी बढाइरहेको छ ।’ उनले प्रहरीले अन्तराष्ट्रिय कानून र नेपालको संविधानप्रदत्त कानुनअनुसार कामकारबाही गरेको दावी गरे ।‘आत्मरक्षाको अधिकार सबैलाई हुन्छ । प्रहरीमाथि पहिला गोली प्रहार नगरेको भए घटनाले अर्को मोड लिनसक्थ्यो’उनले भने,‘प्रहरीले सितापाइलाबाट पछ्याएको मोटरसाइकलमा एकजना थिए,अरु थिएनन् ।’राजधानीमा गुन्डागर्दी मौलाएको उनको दावी छ । फरार अपराधी खोज्ने प्रक्रियामा उपत्याकामा ठुलो संख्यामा प्रहरी टोली खटिएको उनले दाबी गरे । कार्कीले भने,‘हामी उजुरी संकलन गर्दैर्छौ प्रमाण भेटिएमा अन्यलाई पनि समाएर कारबाही गर्छौ ।’ कार्कीले निगरानी बढाएका अन्य गुन्डाको नाम भने खुलाउन चाहेनन् । यसैबीच,डन चरी मारिएपछि अहिले डनहरुको भागभाग भएको खबर छ । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र