• Breaking News

    8.22.2014

    सुन्तलाका गेडाले हान्दा किसानको प्राणान्त

    २०७१ भदौ ६ गते
    दुइ जना गाउँलेले पटक पटक सुन्तलाका गेडाले हिर्काउँदा दक्षिण अफ्रिकाका एक किसानको ज्यान गएको छ ।
    बारीमा सामान्य विषयमा बारीमा भएको झगडाका क्रममा ३८ वर्षका बाबान्टो चाउकेमाथि दुइ जना पुरुषले सुन्तला प्रहार गरेका थिए ।
    लगातार सरीरका विभिन्न ठाउँमा सुन्तलाका गेडाले जोडसँग हानेपछि चाउकेको प्राणपखेरु उडेको बताइएको छ ।
    दक्षिण अफ्रिकाको उत्तरी लिम्पोपो प्रान्तस्थित जानिनमा गएको बुधबार यो घटना भएको हो । सुन्तलाले हानेर चाउकेको हत्या गरेको आरोपमा २७ र ३० वर्षका दुइजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
    मृतक चाउकेको शवलाई पोष्टमार्टम गरी मृत्युको कारण प्रामाणिक रुपमा यकिन गरिने बेलायती अनलाइन मिररले जनाएको छ ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र