ढाका, साउन १९ – बङ्गलादेशमा सोमबार बिहान फेरि (डुङ्गा) डुब्दा त्यसमा रहेका कम्तीमा पनि २०० जना यात्रु हराएको समाचार छ ।
सो डुङ्गामा रहेका ती यात्रु सबैजना बेपत्ता भएको समाचार स्थानीय सञ्चारमाध्यमहरुले दिएका छन् ।
मध्य बङ्गलादेशको मुन्सीगन्जमा रहेको एक नदीमा सो डुङ्गा डुबेको थियो । सो नदीमा ठूलो सङ्ख्याका प्रहरीले सोमबार बिहानैदेखि उद्वारको काम गरिरहेका बताइएको छ ।
सो जिल्लाका प्रहरी प्रमुख मोहम्मद जाकिर हुसेनले भने– उक्त फेरि सोमबार बिहान ११ बजे डुबेको खबर प्राप्त गरेपछि उक्त क्षेत्रमा उद्वारको काम सुरु गरिएको छ ।
उनले सो फेरिले २०० जनाभन्दा बढी यात्रु बोकेको जानकारी दिइएको छ । स्थानीय नागरिक पनि उद्वारका लागि खटिरहेका उनले जानकारी दिए ।
केही यात्रु सो डुङ्गा डुबेपछि पौडिएर पनि निस्कन सकेको बताइएको भए पनि कतिजना बच्न सफल भएका हुन भन्ने बारेमा भने केही बताइएको छैन ।
उनले उक्त डुङ्गामा रहेको मानिसको यकिन सङ्ख्या अझै पत्ता लागिसकेको छैन भन्दै उक्त डुङ्गा डुब्नाको कारण पनि थाहा हुन नसकेको जानकारी गराइएको छ ।
बङ्गलादेशमा डुङ्गा डुब्नु एक प्रमुख विपत्तीका रुपमा लिइन्छ । यद्यपि फेरि नै बङ्गलादेशको यातायातको प्रमुख साधनका रुपमा लिइन्छ ।
फेरि सञ्चालकहरुले फेरिमा चढ्ने नागरिकको सूची पनि बनाउने गरेका हँुदैनन् र जसका कारण मानिसहरु आफै डुङ्गामा भिड लगाएर चढ्ने गरेका पाइन्छन् ।
त्यसैले अधिकांश फेरि यसरी भीडका कारणले पनि दुर्घटनामा पर्ने गरेको छ । यो पनि यस्तै भिडका कारण डुबेको हुनसक्ने अनुमान गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment