• Breaking News

    8.09.2014

    प्रयोग गरिसकेपछि आफैं घुल्ने कन्डम

    प्रयोग गरेपछि झिकेर फाल्नु नपर्ने कन्डम वैज्ञानिकहरुले बनाएका छन् । यस्तो कन्डम प्रयोग भएपछि शरीरमै घुलेर बिलाउने हुन्छ । अन्य कन्डम यौनसम्पर्कपछि झिकेर फाल्न झन्झटिलो भएकाले वैज्ञानिकले यस किसिमको फिमेल कन्डमको विकास गरेका हुन् ।
    वैज्ञानिकका अनुसार घुलनशील मात्र नभएर यौनिक रोगहरुबाट बचाउन पनि यो लाभदायक छ । यसको प्रयोगले वीर्य पाठेघरतिर जानबाट त रोकिन्छ नै, यसका अतिरिक्त एचआईभी ड्रग्स र हर्मोनल कन्ट्रासेप्टिब्स पनि शरीरमा प्रवाह गर्छ । यसले गर्दा गर्भ नरहने, एचआईभीबाट बचिने, विनाझन्झट यौन आनन्द लिन सकिने भएको छ । युनिभर्सिटी अफ वासिङ्टनका शोधकर्ताकहरुले मिहिन माइक्रोफाइबर्सबाट इलेक्ट्रोस्पिनिङ प्रोसेसबाट यो कन्डम बनाएका छन् ।
    कपडाको रेसाजस्तो यो फाइबरलाई मिहिन जालोमा परिणत गरिएको हुन्छ । यो कन्डम प्रयोग गरेर यौनकार्य सकिएको केही मिनेटमै शरीरमा घुल्छ । यो खोज पूरा गर्न १ मिलियन डलर खर्च भएको छ । वासिङ्टन युनिभर्सिटीका बायोइन्जिनियरिङ प्राध्यापक किम वुडरोले एचआईभी इन्फेक्सन र अनिश्चित गर्भधारणबाट बच्न यस किसिमको कन्डम तयार गर्ने आफ्नो सपना पहिलेदेखिकै भएको बताएका छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र