काठमाडौं, भदौ १५ । नेपालको नं १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले देशभित्र तथा विदेशमा रहेका आईएमईका समस्त सेवाग्राहीलाई उपहार प्राप्त गर्ने अवसर प्रदान गरेको छ । नेपालीहरुको मुख्य चाड दशै र तिहारलाई मध्यनजर गर्दै भदौ १६ देखि असोज १९ सम्म गर्न लागिएको ‘आईएमई विदेशमा परिवार भेट’ योजनामा उकृष्ट पुरस्कार हरुको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ । नेपालका १०९ आइएमई सेन्टर, ३००० भन्दा बढि रेमिट्यान्स भुक्तानी तथा साझेदार बैंक तथा वित्तिय संस्थाहरुका देशभरी फैलिएर रहेका विभिन्न शाखाबाट विदेशबाट नेपाल आइएमई गर्ने र नेपालमा अन्तराष्ट्रिय तर्फ भुक्तानी पाउने सेवाग्राही सहभागि हुन सक्नेछन् । यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा दैनिक लक्की ड्र मा विजय हुनेलाई स्मार्टफोन, साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई आइप्याड पुरस्कार स्वरुप प्रदान गरिनेछ । यसका साथै नेपालमा भुक्तानी लिनेको हकमा दैनिक लक्की ड्र मा विजयी हुनेलाई स्काई ब्याग लगेज ब्याग एवं साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई डिजिटल क्यामरा प्रदान गरिनेछ । बम्पर लक्की ड्र मा विजयी हुने एक भाग्यशाली विजेताको परिवारका चारजना सदस्यलाई विदेशमा आफन्त भएको देशमा पाँच दिनको लागि वैदेशिक भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । लक्की ड्र को नतिजा कम्पनीको आधिकारीक वेभसाइट, सामाजिक सञ्जाल, विभिन्न राष्ट्रिय दैनिक तथा उपलब्ध पत्रिकामार्फत प्रकाशित गरिनेछ । आफ्नो स्थापनाकाल देखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुराउन प्रतिबद्ध यो कम्पनीले सेवा शुभारम्भको १४ औं वर्ष सम्ममा नेपाल अधिराज्यको प्रमुख शहर तथा ग्रमीण भेग समेतलाई समेट्ने गरि ७५ जिल्लका तीन हजार भन्दा बढि शाखा र बैक तथा वित्तिय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दु:ख गरि कमाएको रकम विभिन्न भूगोलमा रहेको आफन्नको हातमा छिटो ,छरितो र सुरक्षित तवरवाट वितरण गर्दै आईरहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment