अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको छ। निमोनियाको उपचार गराउन दिल्ली पुगेका श्रेष्ठको गएराति एपोलो अस्पतालमा निधन भएको हो। हालसालै विवाह बन्धनमा बाँधिएका श्रेष्ठको 'कोहीनूर' फिल्म सिनेमा हलमा चलिरहेको छ।
श्रेष्ठ विगत दुई हप्तादेखि निमोनियाका रोगले ग्रसित थिए। कोहिनूरको पत्रकार सम्मलेनमा समेत उनी निमोनियाकै कारण अनुपस्थित थिए।
असार २३ गते अभिनेत्री श्वेता खड्कासँग विवाह बन्धनमा बाँधिएका श्रेष्ठ पत्नीकसहित असार २७ गते भारत प्रस्थान गरेका थिए। उनी हनिमुनका लागि गएको भनिए पनि निमोनियाले ग्रसित भएपछि भारत गएको बुझिएको थियो।
दशकअघि अल्सर भएपछि उनी अन्य रोगबाट पनि ग्रसित बनेका थिए। श्रेष्ठ र श्वेताले यसअघि 'कहाँ भेटिएला'मा सँगै अभिनय गरेका थिए।
२०५४ बाट नेपाली सिनेमामा प्रवेश गरेका श्रेष्ठले धेरै 'हिट' फिल्म दिएका छन्। आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला उनका हिट फिल्म हुन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment