• Breaking News

    8.01.2014

    जिप दुर्घटनामा १ को मृत्यु, ११ जना घाइते

    महोत्तरी, साउन १६ – महोत्तरीको माइस्थान ३ मा शुक्रबार दिउँसो जिप दुर्घटनामा एकजनाको ज्यान गएको छ । ११ जना घाइते भएका छन् ।
    सर्लाहीको हरिवनबाट सिन्धुलीतर्फ तिब्र गतिमा जाँदै गरेको बा १० च ५०३८ नम्बरको स्कोर्पियो जिपको पछाडिको टायर पड्किएर दुर्घटना भएको हो ।
    दुर्घटनामा सर्लाहीको हरिवन नगरपालिका ११ का २६ वर्षका देव भूजेलको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो । घाइते सबैको बर्दिबासको होप अस्पतालमा उपचार भैरहेको छ । जिपका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र