• Breaking News

    8.05.2014

    नेपालको चीनसँगको सम्वन्धबारे भारतले चिन्ता लिन जरुरी छैनः कोइराला

    काठमाडौं, २१ साउन । प्रधानमन्त्री सुशील कोइरालाले नेपालको चीनसँगको सम्वन्धबारे चिन्ता नलिन भारतलाई आग्रह गर्नुभएको छ ।
    उहाँले भारतीय पत्रिका ‘दि हिन्दु’लाई दिएको अन्तरवार्तामा यस्तो आग्रह गर्नुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि कोइरालाले भारतीय पत्रिका ‘हिन्दु’ लाई दिएको अन्तवार्तामा नेपालको चीनसँगको सम्वन्धबारे भारतले लिएको चिन्तालाई ‘हास्यास्पद’ भएको समेत टिप्पणी गर्नुभएको छ ।
    चीनसँगको व्यापार ‘रणनीतिक प्रभाव’ नभई ‘द्विपक्षीय सम्वन्धको अंश’ भएको उहाँको तर्क छ । ‘जब मोदी गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो, के उहाँ चीन गएर ब्यापारका लागि सम्झौता गर्नुभएन् ? आगामी महिना जब अमेरिका जानुहुन्छ, कुनै सम्झौताबारे छलफल गर्नु हुन्न ?’ कोइरालाले प्रश्न गर्नुृभएको छ ।
    उहाँले पछिल्लो बर्ष प्रत्यक्ष बैदेशिक लगानीमा भारतभन्दा चीन अगाडी देखिएको समेत दाबी गर्नुभएको छ । कोइरालाले अन्तवार्ताका क्रममा मोदीले संसदमा गरेको भाषणबाट आपसी बिश्वास पुनःनिर्माणमा निकै ठूलो भूमिका खेलेको पनि टिप्पणी गर्नुभएको छ ।


     भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र