• Breaking News

    8.14.2014

    राप्रपा नेपाललाई पहिलो पार्टी बनाउने कमल थापाको दाबी

    काठमाडौं, साउन २९– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाललाई पहिलो पार्टी बनाउने दाबी गरेका छन् । राप्रपा नेपालले उठाउँदै आएका एजेण्डाहरुलाई जनसमक्ष लागू गर्दै पार्टीलाई पहिलो शक्ति बनाउने उनले दाबी गरे ।
    पार्टीको आजदेखि सुरु केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै थापाले ठूला दलका कारण संविधान नबन्ने संकेत देखिइरहेको आरोप लगाए । उनले देशमा संक्रमणकाल धेरै लम्बिन नहुनेमा जोड दिँदै तोकिएकै समयमा संविधान निर्माणका लागि ठूला दलले पहल गर्नुपर्ने बताए ।
    अब बन्ने संविधानमा आफूहरुले उठाउँदै आएका सनातन हिन्दु धर्म, राजतन्त्रलगायतका मुद्दाहरु समेटिनुपर्नेमा उनले जोड दिए । राप्रपा नेपालले उठाउँदै आएका एनेण्डाहरु सहि भएको भन्दै राप्रपा नेपाल अबको केहि वर्षमा देशकै पहिलो शक्ति बन्ने उनको दाबी थियो ।
    थापाको सुरुवाती मन्तब्यलगत्तै बैठकमा छलफलका लागि विभिन्न कार्यपत्रहरु प्रस्तुत भएको थियो । बैठकमा महामन्त्री चन्द्रबहादुर गुरुङले वर्तमान परिस्तिथि र भावी दिशासम्बन्धी राजनीतिक कार्यपत्र प्रस्तुत भएको छ भने उपाध्यक्ष धवलशमशेर राणाले संगठन सुद्धृदिरण कार्ययोजना प्रस्तुत गरेको केन्द्रीय सदस्य राजाराम बर्तौलाले रातोपाटीलाई जानकरी दिए । यस्तै उपाध्यक्ष राजीव पराजुलीले तराई मधेस राष्ट्रिय सम्मेलन २०२१ , सभासद सुशील श्रेष्ठले प्रशिक्षण कार्यक्रम कार्ययोजना , कार्ययोजना विभागका प्रमुख मुकुन्द श्याम गुरुङले विभिन्न विभाग तथा संगठन हरुको कार्ययोजनासम्बन्धी प्रस्ताव र प्रवक्ता तथा अधिवक्ता विष्णु भट्टराईले पार्टीको आचारसंहिता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेको समेत उनले जानकारी दिए ।
    बर्तौलाले सो प्रतिवेशनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको जानकारी दिदै भोलिपनि यो क्रम जारी रहने जानकारी दिए ।
    आजको बैठकमा केन्द्रीय सदस्यहरु राजेन्द्र लिंदेल, श्याम शाही, प्रकाश रिमाल, नवराज दाहाल, लिला श्रेष्ठ, दमन , विष्णु कुमारी गुरुङलगायतले आफ्नो धारणा राखेका थिए ।
    बैठक शुक्रबार पुन बस्नेछ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र