काठमाडौँ, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एशियाकै धनाढ्यको जीवनशैली अपनाइरहेको समाचार विश्व कै चर्चित् सञ्चार माध्यम बेलायतको टेलिग्राफ पत्रिकाले छापेको थियो । लामो अध्ययन, अनुसन्धान र प्रमाणपछि उक्त पत्रकाले यो तथ्य खुलासा गरेको थियो ।
यसबाट एमाओवादी अध्यक्ष प्रचण्डमाथि लागेको अरबौं रुपैयाँ भ्रष्टाचार तथा बिलासिताको आरोप पुष्टि भएको छ ।
दि टेलिग्राफले प्रचण्डको जीवनशैली खरबपतिको जस्तो भन्दै विशेष आलेख नै छापेको थियो । उनको जीवनशैलीका बारेमा पार्टीभित्रै पनि पटक पटक प्रश्न उठेपछि छानबिन समिति समेत बनेको थियो ।
टेलिग्राफमा डीन नेल्सनले लेखेका छन्, ‘पुष्पकमल दाहाल प्रचण्ड, जो कुनै समय नेपालका राजनीतिक र फौजी सम्भ्रान्तहरूको मुटुमा ढ्यांग्रो ठोक्ने हैसियत राख्थे अहिले तिनै नेता खरबपतिका जस्तो शाही खानदानी जीवनशैली अपनाइरहेका छन् ।
काठमाडौंको लाजिम्पाटमा रहेको रातो ईंटाको बिलासी घरमा उनी बस्छन्, जहाँ उनका छिमेकी बनेका छन् उनकै पूर्व वर्ग शत्रु जनरल शान्तकुमार मल्ल । अवकाशप्राप्त जनरल मल्ल पूर्वराजा वीरेन्द्रका सैन्य सल्लाहकार हुन् । प्रचण्ड बस्ने घरको कम्पाउण्डभित्र १५ वटा स्वीट रुम, अफिस र पारिवारिक आवासगृह मात्र छैन दशवटा कार अट्ने पार्किङ छ ।
त्यहीँभित्र ब्याडमिन्टन कोर्ट पनि छ । परिवारका अनुसार त्यो भवन प्रतिमहिना आठसय डलरमा भाडामा लिइएको छ । जुन रकम नेपालीहरूको औसत मासिक कमाई २ सय डलरको चौबर हो ।’ यद्यपि त्यो भवन प्रचण्डले किनिसकेको बताइएको छ ।
नेपलपाटी अनलाइन
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
नेपाली कम्युनिष्ट आन्दोलनको कलंकित नेता
ReplyDeleteकम्युनिष्ट नामको कलङ्क
This comment has been removed by the author.
ReplyDeleteद टेलिग्राफ एउटा साम्राज्यवादी देशको पत्रीका हो जुन देशले पुरा विश्व लाई गुलाम बनायो नेपाल एकमात्र देश थियो जस्ला आफ्नो उपनिवेश र गुलाम बनाउन सकेन त्यो पत्रीकामा कहिले पनि साम्राज्यवाद र बिस्तारवाद को बिरोध गर्ने नेपाली नेताहरुको सकारात्मक कुरा प्रकाशित हुन्छ आश न गरे हुन्छ । एक जमाना थियो भारतको प्रधानमन्त्री नरेन्द्र मोदी जी रेलवे स्टेशनमा चाय बेच्थे आज दुनियाको महँगो मर्सिडिज्,बी एम डब्ल्यु जस्तो बुलेट्प्रूफ कारमा हिन्छन सुरक्षाको दृष्टी र राश्ट्र प्रमुखको हैसियत र प्रतिष्ठाको हिसाबले त्यसलाई गलत भन्न मिल्छ ? कोट पैन्ट टाई लगाउन छोड दिने ,जुत्ता लगाउन छोड दिने,भिखारी जस्तो फाटेको दउरा सुरवाल लगाउने यही राश्टृयता र राष्ट्रवाद हो ? राश्ट्र प्रमुख भनेको राश्ट्र गौरव हुन्छ्,सुरक्षाको एउटा मानदन्ड हुन्छ त्यस परिधी भित्र रास्ट्र प्रमुखलाई रहन बाध्यता हुन्छ । यस्तो वाहियात कुराको पछी असल समझदार ब्यक्ती लाग्न हुन्न ।
ReplyDelete