• Breaking News

    8.12.2014

    सेक्समा ग्रीस अगाडि !

    युरोपेली मुलुक ग्रीसले विश्वकै कामोत्तेजक मुलुकको ‘उपमा’ पाएको छ । एक अन्तर्राष्ट्रिय रुपमा गरिएको सर्वेक्षणमा ग्रीसले विश्वकै १० शीर्ष कामोत्तेजक मुलुकको सुचीमा शीर्ष स्थान प्राप्त गरेको हो ।

    ग्रीसका आम सर्वसाधारणमा सेक्स अहिले पनि जीवनको प्राथमिक सुचीमा पर्ने गरेको पाइएको छ । ग्रीसका ८७ प्रतिशत मानिसहरुले आफूहरुले सातामा कम्तिमा एक पटक सेक्स गर्ने गरेको बताएका छन् । उनीहरुले आफूहरुले कामोत्तेजनालाई समेत प्राथमिकताको सुचीमा राखेको जनाउँदै सेक्सको चरम सुखभोग गर्ने बताएको जनाइएको छ ।

    सर्वेक्षणमा सेक्स गर्ने उमेर, प्राथमिकता लगायतका विषयमा सवाल–जवाफ गरिएको थियो । सर्वेक्षणमा सहभागीहरु मध्ये ८७ प्रतिशतले सातामा कम्तिमा एक पटक सेक्सको सुखभोग गर्ने बताएका हुन् ।

    कामोत्तेजक देशको सुचीमा ब्राजिल दोस्रो स्थानमा परेको छ । ब्राजिलका ८२ प्रतिशत व्यक्तिले सातामा कम्तिमा एक पटक सेक्स गर्ने गरेको बताएको जनाइएको छ । –एजेन्सीको सहयोगमा ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र