दोस्रो संविधानसभा निर्वाचनलगत्तै उच्चस्तरीय राजनीतिक समिति गठन नगरे संविधानसभामै सहभागी नहुने चेतावनी दिएपछि भएको सहमति अनुसार समिति गठन नभएपछि एमाओवादीले संसद अबरुद्ध गर्ने चेतावनी दियो ।
एमाओवादीले तीन दलको बैठकमा उच्चस्तरीय राजनीतिक समिति बनाउने र त्यसको संयोजक स्थायी रुपमा अध्यक्ष पुष्पकमल दाहाललाई बनाउनुपर्ने प्रस्ताव गरिआएको छ । यस विषयले चर्को राजनीतिक विवादको रुप समेत लिएको छ ।
हरेक पटकको बैठकमा एमाओवादीले समिति गठनको प्रस्ताव गर्दैआएको छ । केही दिन अघिको बैठकमा सो प्रस्तावमा कांग्रेस-एमाले असहमतत भएपछि एमाओवादीले बैठक नै वहिस्कार गरेको थियो ।
यसबीचमा कांग्रेस र एमालेबीच पनि समिति गठन गर्ने विषयमा एकमत नभैरहेका बेला दाहालको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समिति गठन गर्न सहमत भएको समाचार छ ।
समाचार अनुसार सत्तारुढ दुई दल कांग्रेस, एमाले र एमाओवादी मात्र सम्मिलित समिति गठन गर्ने मनस्थितिमा रहे पनि एमाओवादीले भने उच्चस्तरीय समितिमा तीन दल मात्रै नभई मधेशवादी र जनजातिलाई पनि समेट्नुपर्ने शर्त अघि सार्दै आएको छ ।
समिति गठनका विषयमा एमाओवादीका नेताले दिएको जानकारी अनुसार विहीबार बिहान कांग्रेस र एमालेका तर्फबाट तीन दलीय समिति बनाउने प्रस्ताव आएको हो ।
सत्तारुढ दुई दलले कांग्रेस, एमाले र एमाओवादी मात्रै सम्मिलित समिति बनाएको खण्डमा मात्र दाहाललाई संयोजक बनाउन तयार रहेको बताइएको छ ।
No comments:
Post a Comment