• Breaking News

    8.19.2014

    अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा ३ महिला कलाकार पक्राउ

    भदौ ३, सप्तरीः अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले गएराति सप्तरीको जमुनी मधेपुरा गाविसबाट तीन महिला कलाकारलाई पक्राउ गरेको छ ।
    जमुनी मधेपुरा गाविसमा गएराति आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले ती कलाकारलाई पक्राउ गरेको हो ।
    पक्राउ परेका तीनैजना महिलालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरूमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार ढकालले जानकारी दिए ।
    पक्राउ परेकाहरूको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन । - रासस
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र