• Breaking News

    8.24.2014

    विवाह गर्न भन्दै आफ्नै अंकलकी छोरीको अपहरण !

    ८ भदौ, गुजरात ।
    भारतको गुजरात राज्यको सुरतमा एक युवकले आफ्नै अंकलकी छोरीलाई विवाह गर्ने उद्देश्यले अपहरण गरेपछि हंगामा भएको छ । २३ वर्षीय मनोज भाग्यासियाले आफ्नै अंकलकी २२ वर्षीय छोरीलाई अपरण गरेर भाग्न खोज्दा आफन्तले थाहा पाएका थिए ।

    आफ्नै बहिनी अपहरण गरेर भागेका ती युवक आफन्तले चाल पाएपछि बहिनीलाई फुफुको घरमा छोडेर आफू मुम्बइ तर्फ भागेको अवस्थामा समातिएको प्रहरीले जनाएको छ ।
    टाइम्स अफ इण्डियाका अनुसार पीडित युवती कापोदोरा मन्दिर नजिकै बसिरहेको समयमा दाइ आएर घर सम्म पुर्‍याइदिने भन्दै नजिकैको आवाशीय इलाकामा पुर्‍याएका थिए । त्यहाँ पुगेर आफूसँग विवाह गर्न बहिनीलाई दवाव दिँदै उनले विवाह नगरे परिवारका सदस्यको हत्या गरेर आत्मत्या गर्ने चेतावनी समेत दिएका थिए ।
    तर पछि ती युवतीलाई फुफुको घरमा छोडेर छिट्टै फर्किने भन्दै मुम्बइ तर्फ लागेका थिए । ती युवक नफर्किँदै प्रहरी र आफन्तले युवतीलाई उद्दार गरेका थिए । प्रहरीले युवकले आफ्नै बहिनी पर्ने युवतीलाई एक तर्फी प्रेम गरेको हुन सक्ने अनुमान गरेको छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र