कोइराला प्रधानमन्त्री भएदेखि उनको स्वकीय सचिव रहेका ढकालले आफ्नो पदीय मर्यादाअनुरुप काम गर्न नसकेको भन्दै अवकाश दिने निर्णय गरिएको कोइरालानिकट स्रोतले जानकारी दियो। लामो समयदेखि निकट रहे पनि पछिल्लो समय ढकालको कामकारबाहीबाट कोइराला सन्तुष्ट थिएनन्। कांग्रेसकै केही वरिष्ठ नेताले भने ढकाललाई नहटाउन दबाब दिएका थिए।
यता नेपालपाटी डट्कमसाग कुरा गर्दै कोइरालाका प्रेश संयोजक प्रकाश अधिकारीले पनि ढकाल बर्खास्त गर्नुको कारण थाहा नभएको बताए । ‘प्रधानमन्त्री कोइरालाले ढकाललाई स्वकीय सचिवबाट अवकाश दिइएको हो,’ अधिकारीले भने, ‘कारण सार्वजनिक गरिएको छैन, त्यसैले ढकाल बर्खास्तीको कारण उहाँहरु(प्रम कोइराला र ढकाल)लाई नै थाहा होला ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment