काठमाडौं,साउन२४–सुनकोसी विपत, बसभित्र सामूहिक बलात्कारलगायतका विषय पनि थिए, विहीबारको संसद तताउन। १ सय ५६ जना मृत्यु भएको सिन्धुपाल्चोकको विपतमा सदनले औपचारिकता बाहेक केही देखाएन,संवेदना पटककक्कै झल्केन। नेपालगञ्जको सामूहिक बलात्कार काण्ड केही महिला सभासदले मात्र उच्चारण लायक ठाने। अपराधिक पृष्ठभूमिका दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएको घटनाले चाहिँ संसद भदौरे गर्मी भन्दा चर्केको छ ।
कारबाहीमा संलग्न प्रहरीलाई तत्काल निलम्बन गरी छानबिन समिति गठन गर्न धादिङ १ कासभासद राजेन्द्र पाण्डेले माग गरे।
‘प्रहरी संगठित अपराधमा संलग्न छ,’ उनले धम्काए, ‘यस्तै हो भने संसद चल्न सक्दैन।’ धादिङका ४ सभासदले आफ्नो जिल्लाका कार्यकर्ता समेत रहेका गुण्डा नाइके चरीको गैर न्यायिक हत्या भएको आरोप लगाउँदा कतिपय सभासदले टेबल ढकढकाएपछि सभामुखले गृहमन्त्रीसँग जानकारी माग्नु परेको थियो।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले संसदमा शुक्रबार ‘क्रसफायर’ मै चरीलाई गोली लागेको जवाफ दिए।
जवाफमा असन्तुष्ट सभासद पाण्डेले तत्कालै उठेर घटना सुनियोजित भएको जिकिर गरे। यसरी बोल्नु नियमविपरित भएको भनिरहेका सभामुखसँगै उनले सवाल जवाफ गरे। ‘यो घटना यसै सेलाउनेवाला छैन।’ उनको चेतावनी थियो। एमालेले शुक्रबार धादिङ बन्द समेत गरायो।
‘चरीको समर्थनमा संसद् तात्ने कारण यिनै हुन्’उनी माथिका अभियोगको फाइल खोल्दै शुक्रबार काठमाडौं प्रहरी परिसरमा व्यंग गर्दै थिए,‘सर्वसाधारणले यस्ता अपराध कहाँ गरेका हुन्छन् र तीमाथि भएका ज्यादतीले संसद्मा महत्व पाउन् ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment