२४ गते , शनिवार
बलिउडकी काली तथा हिस्सी परेकी नायिका बिपासा बासुले फिल्म ‘हमसकल्स’ का निर्देशक साजिद नाडियावालासँग अब उपरान्त कुनै काम नगर्ने बताएकी छिन् ।
फिल्म हमसक्लसमा उनलाई महत्व नदिएपछि उनले यस्तो भनेकी हुन् । उनले भनेकी छिन्,‘ म बलिउडमा लामो समयबाट काम गर्दै आइरहेकी छु । मैले बलिउडका विभिन्न हस्तीहरुसँग काम गरिसकेकी छु । यो फिल्म त मैले विश्वासमा गरेकी थिए तर फिल्मको प्रोमोशनमा म किन लागिन त्यो त फिल्म हेर्नेहरुलाई प्रष्ट थाहा छ ।’
फिल्ममा आफुलाई जम्मा ६ मिनेट समय दिइएको र फिल्मको नतिजा आफुलाई नराम्रो लागेको बताएकी छिन् । फिल्म उनीसहित ६ जना कलाकारहरु मुख्य भुमिकामा रहेका थिए ।
उनलाई अब साजिदसँग काम गर्नुहुन्छ भनेर प्रश्न गर्दा उनले अब कहिल्यै पनि साजिदसँग काम नगर्ने जानकारी दिएकी हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment