• Breaking News

    8.01.2014

    सुनकोसी नदि थुनिदा ६ को मृत्यु,तालका कारण त्यसमुनिका बस्ती जोखिममा

    सिन्धुपाल्चोक,साउन१७–पहिरोले सिन्धुपाल्चोककमा सुनकोसी नदी थुनिएको छ । गएराती १ बजे सिन्धुपाल्चोकको मांका गाविसमा पहिरोले सुनकोसी नदी थुनिदाँ ६ जनाको मृत्यु भएको छ भने  १६ जनाको उद्धार गरिएको छ ।
    पहिरोबाट २०–२५ घर डुवानमा परेका थिए ।
    घटनास्थलमा खटिएका प्रहरी सहायक निरिक्षक भरत बोहराका अनुसार अहिले त्यहाँ पहिरोले थुनिएर बनेको ताल फुटाउन प्रयास भइरहेको छ ।
    थुनिएको नदी अहिले २ सय मिटरभन्दा माथी आइसकेको अनुमान  छ । प्रहरीका अनुसार पानी थुनिएपछि करिव ५ किलोमिटर लामो ताल बनेको छ । तालका कारण त्यसभन्दा मुनी रहेका घररुहरु जोखिममा परेका छन् । ताल बनेपछि अरनिको राजमार्ग पनि अबरुद्ध भएपछि यातायात आवागमनमा अबरोध पुगेको छ ।
    नदी थुनिदा स्थानीय ड्यामसाइड बजार पुरिएको छ । लामोसँधु, खाँडीचौर, सुकुटे दोलालघाट बजारलगायत क्षेत्र पनि उच्च जोखिममा परेका छन् । भोटेकोसी जलविद्युत आयोजना पनि जोखिममा छ ।
    ताल फुटाउन नेपाली सेनाको नेतृत्वमा प्राबिधिक टोली खटाइएको छ । ताल फुटाउँदा तल रहेका बस्ती नबगाओस् भनेर सावधानीसाथ विष्फोट गराउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।
    अहिले घटनास्थलमा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयहरु उद्दारमा खटिरहेका छन् ।  घटनास्थल ड्यामसाइटबजार बाह्रबिसेबाट ५ किलोमिटर दक्षिणमा पर्छ ।



    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र