काठमाडौ, साउन ३० – घातक इबोला भाइरस नेपालमा प्रवेश गर्न नदिन शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण डेस्क स्थापना हुने भएको छ ।
स्वास्थ्य परीक्षण डेस्कको लागि १ जना डाक्टर र ४ जना हेल्थ असिष्टेन्टको टोली खटाएकोले शुक्रबारदेखि काम शुरु हुने स्वास्थ्य विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिनुभयो ।
विमानस्थलको स्वास्थ्य परीक्षण डेक्सबाट इबोला प्रभावित देशबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्ने र संक्रमित पाइए तीन हप्तासम्म निगरानीमा राखिने उहाँले बताउनुभयो ।
बिहीबार नै स्थापना गर्ने भनिएपनि आवश्यक जनशक्ति परिचालनदेखि तालिमसम्मका कुरा मिलाउनुपर्ने भएकोले ढिलाई भएको हो ।
No comments:
Post a Comment