• Breaking News

    8.21.2014

    होटल मालिकसहित यौनधन्दामा संलग्न छ पक्राउ

    ५ भदौ, गोलबजार (सिरहा) ।
    इलाका प्रहरी कार्यालय लहानले लहान नगरपालिका–३ हस्पिटल चोकस्थित न्यु दीप होटलका मालिक र यौनधन्दामा संलग्न छ जनालाई पक्राउ गरेको छ ।
    आज बिहान ४ बजे होटलमा छापा मारेर यौनधन्दामा संलग्न खरचुइया–५ सप्तरी र जनकपुर–९ की एक–एक युवतीलाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए ।
    उनले भने, ती दुई युवतीसँग छुट्टाछुट्टै कोठामा यौनधन्दामा संलग्न रहेका सप्तरी मधेपुरा–६ का १९ वर्षीय दीपेन्द्र राम र सोही ठाउँका २३ वर्षीय मो. समदत हुँसैनलाई पनि पक्राउ गरेका छौं ।’
    यस्तै यौनधन्दा सञ्चालन गराउने होटल मालिक शिवराम साह र होटलका कुकम्यान धनिराम साहलाई पनि पक्राउ गरिएको निरौलाले जानकारी दिए ।
    सगरमाथा अञ्चलकै प्रमुख व्यापारीक बजार लहानमा अहिले यौनधन्दा फस्टाएको छ । होटल तथा लजमा खुलेयाम यौनधन्दा चल्दै आएको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको हो । रासस

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र