• Breaking News

    8.04.2014

    गुडिरहेको कारमै सामुहिक वलात्कारमा परिन् २ सन्तानकी आमा

    १९ साउन, कोलकाता ।
    भारतको पश्चिम बंगाल कोलकातामा एक २७ वर्षीया महिला गुडिरहेको कारमै सामूहिक बलात्कारको शिकार भएकी छिन् । २ सन्तानकी आमा महेश्थलाको आक्रा नजिकै गत विहीबार सामूहिक वलात्कारमा परेकी हुन् ।
    एक समूहले कारमा रहेकी ती महिलालाई कारभित्रै बलात्कार गरेर बाहिर निकालेर कुटपिट समेत गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
    प्रहरीले बलात्कारमा संलग्न भएको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।
     ती महिला केही वर्ष अघि श्रीमानसँग छुट्टिएको र एक साथीसँग कतै घुम्न जाँदै गर्दा बाटैमा बलात्कारमा परेको प्रहरीले जनाएको  छ ।
    भारतमा यस प्रकारका सामूहिक वलात्कारका घटनाले समय समयमा ठूला ठूला बहस छेडिने गरेका छन् । गत वर्ष राजधानी नयाँ दिल्लीमा एक बसमा प्रेमीकै अगाडी एक युवती बलात्कृत भएपछि भारतभरी प्रदर्शन भएको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र