न्यूयोर्क– भनिन्छ, महिलाहरुको पेटमा दश किलोको खाना पच्ला तर उनीहरु कसैको पनि कुरा पचाउन सक्दैनन् । यस्तैमा, महिलाहरु आफ्नो पार्टनरसँग प्रणय लीलामा मग्न भएको बेला निकै झुट बोल्ने पनि बताइन्छ । ‘कम्प्युटर्स इन ह्युमन विहेवियर’ म्यागजिनमा छापिएको सोधले यो कुराको केहि हदसम्म पुष्टि गरेको छ ।
उक्त म्यागजिनमा बताइए अनुसार सेक्सटिङ (सेक्सी र हट तस्बिर अथवा टेक्स्ट पठाउनु) को दौरान २४ प्रतिशत पुरुषहरुको तुलनामा ४५ प्रतिशत महिलाहरु झुटो बोल्ने गर्दछन् । यसको पछाडि कारण मान्ने हो भने निकै तर्कपूर्ण रहेको छ । महिलाहरु धेरैजसो सेक्सटिङका लागि झुटो बोल्नुको कारण उनीहरु आफ्नो पार्टनरलाई तनाव मुक्त, खुसी र प्रभावित गर्न चाहन्छन् ।
कहिलेकाँही धेरै मानिसहरु भएको ठाउँबाट मेसेज पठाउँदा पनि महिलाहरु झुटो बोल्ने गर्दछन् किनभने धेरै मानिसहरु भएको ठाउँबाट मेसेज पठाउँदा आफ्नो कुराहरु निर्धक्क राख्न पाउँदैनन् । कोही मानिसहरुले भने झुटो बोलेमा आफ्नो पार्टनरको प्रतिक्रिया कस्तो हुन्छ भनेर जान्नका लागि पनि सेक्सटिङका दौरान झुटो बोल्ने बताए ।
अध्ययनका अनुसार, केहि मानिसहरु सेक्सटिङका दौरान यसकारण पनि झुटो बोल्ने गर्दछन् जतिबेला उनीहरुलाई यस्तो कुरा गर्न पुगिसकेको हुन्छ अथवा उनीहरु नजिक कोही मानिस रहेका हुन्छन् ।
सेक्सटिङको दौरान झुट बोल्नाले सम्बन्धमा नराम्रो प्रभाव पार्ने शोधकर्ताहरुले बताएका छन् । (एजेन्सी)
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment