• Breaking News

    8.27.2014

    घर भत्काउँदा यस्तो हालत, तर पनि बाँचे (फोटो फिचर)

    एजेन्सी ।
     
    चीनमा घर भत्काउने क्रममा निधार देखि घाँटी सम्म छड रोपिएका एक ब्यक्तिलाई चिकित्सकहरुले नाटकीयरुपमा बँचाएका छन् । हो नामका ती ब्यक्ति ग्वाङ्सी प्रान्तस्थित लेये काउन्टीमा एक भत्काउने क्रममा अकस्मात छड आएर उनको टाउकोमा रोपिन पुग्यो । उनको अनुहारबाट छड रोपिएर कान भन्दा मुनीबाट निस्केको थियो ।

    उनको दायाँ निदारबाट रोपिएको उक्त छड बाँयाँ बंगारो छेउँबाट निस्किएको थियो ।
    तर ५० वर्षका हो लाई चिकित्सकहरुले नाटकीयरुपमा बँचाउन सफल भए । नजिकैको अस्पतालमा उनको घाउको शल्यक्रिया गरेपछि अहिले उनी पूर्णरुपमा सन्चो हुनका लागि आराम गरिरहेका छन् ।

    देख्दै विरक्त लाग्ने घाउ सहित अस्पताल पुग्दा पनि हो जिवित मात्र होइन होसमा र बोलचाल गर्ने अवस्थामा देख्दा आफूहरु अचम्मित भएको चिकित्सकहरुले बताए ।
    निधारबाट छड रोपिएपछि हो नजिकै रहेको लेये काउन्टी हस्पिटल गएका थिए । उनको निधारमा रोपिएको छड निकाल्न चिकित्सकहरुलाई भागदौड गर्नु परेको थियो ।

    स्थानीय अस्पतालमै छड निकालेपछी उनलाई ठूलो शहरको अस्पतालमा पठाइएको थियो ।


    दायाँ निधारबाट रोपिएको छड आँखा र चिउँडोको तल्लो भाग सम्म पुगेको देखिन्छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र