यमन । एक जना युवा आफ्नो साथीसँग बहिनीको हात आफूलाई दिन आग्रह गर्छन । यसको सट्टामा उनले आफ्नी बहिनी साथीलाई सुम्पने प्रस्ताव गर्छन् । ‘म तिम्री बहिनीसँग विवाह गर्छु तिमी मेरो बहिनी लैजाउ उनी भन्छा् ।’
हो, अरव मुलुकमा कुनै बेला गहिरो जरो गाडेको सट्टा विवाहको संस्कार अहिले पनि यमनमा विद्यमान छ । झट्ट हेर्दा रमाइलो लाग्ने यस्तो संस्कारको पीडा पनि उस्तै छ ।
‘तिमीले मेरो बहिनीसँग सम्बन्ध विच्छेद गर्ने हो भने म पनि तिम्रो बहिनीसँग सम्बन्ध टुटाउन बाध्य हुनेछु ।’ ढुक्कसँग उनीहरु भन्छन् ।
गरिव परिवारका छोरीहरु पनि लामो समयसम्म अविवाहित हुन नपरोस तथा दाइजो दिने झन्झटबाट मुक्त पाउन मुसलमानहरुमा सट्टा विवाहको संस्कार बसेको थियो ।
सुरुका दिनमा यस विवाहले मुस्लिम समुदायलाई धेरै फाइदा पुर्याएपनि पछिल्लो दिनमा भने समस्या निम्त्याएको छ ।
‘विवाहमा दाइजो दिन नसकेपछि गरिब परिवारलाई समेत सजिलो हुनेगरी सट्टा विवाह संस्कारको विकास भयो । यो संस्कार अझैपनि धेरै यमनीमा लोकप्रिय छ,’ स्वानका एक वृद्ध मोहमद हामोउड भन्छन्, ‘हाम्रो संस्कारप्रति हाम्रा अगाध माया छ ।’ आजको राजधानी दैनिकमा समाचार छ ।
भिडियो हेर्न तल क्लिकगर्नुहोस :
No comments:
Post a Comment