• Breaking News

    8.04.2014

    नेपाली महिलालाई साउदीमा टाउको काटेर मृत्युदण्ड

    श्रावन १९,
     दुई वर्षे एक बालक शिशुको हत्या गरेको अभियोगमा नेपाली महिलालाई मृत्युदण्ड दिइएको छ । घाँटी काटी शिशुको हत्या गरेको आरोपमा दोषी प्रमाणित भएकी एक नेपाली घरेलु कामदार महिलालाई सोमबार अधिकारीहरूले टाउको काटेर मत्युदण्ड दिएको त्यहाँको गृहमन्त्रालयले जानकारी दिएको छ । यी घरेलु कामदार महिलाले साउदी शिशु ओसामा बिन मइद अल–एन्जीलाई चक्कुले घाँटी काटेर मारेको आरोपमा निजलाई दोषी पाइएको मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दियो भनी सरकारी समाचार संस्था एसपीएले उल्लेख गरेको छ ।

    माफ गर्नुहोला हामी तस्बिर राख्न असमर्थ छौ 

    मृत्युदण्ड दिइएकी ती महिलाले आफ्नो अपराध स्वीकार गरेको र जनरल कोर्टले पनि मृत्युदण्डको फैसला दिएको मन्त्रालयले जनाएको छ । मृत्युदण्डको फैसलालाई पुनरावेदन अदालत र सर्वोच्च अदालतले समेत अनुमोदन गरेको त्यहाँको मन्त्रालयलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।

    घटनाबारे बुझ्न राजदूतावास सक्रिय

    साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले आफूले यो घटनाबारे बुझिरहेको बताएका छन् । मृत्युदण्डबारे बुझ्न रियादबाट करिव १५ सय किलोमिटर टाढा रहेको अरर शहरमा दूतावासका प्रतिनिधि पठाइएको र मंगलबारसम्म जानकारी आएपछि थप भन्न सकिने उनले  बताए ।
    ‘अहिलेसम्म हामीलाई सरकारी तहबाट जानकारी आएको छैन, मैले पनि समाचार हेरेर थाहा पाएको हुँ ।’ राजदूत पाण्डेले सोमबार साँझ टेलिफोनमा अनलाइनखबरसँग भने- ‘अरर शहरमा एक नेपाली महिला नाबालक हत्या अभियोगमा थुनिएकी थिइन्, उनै हुन् वा अरु कोही हुन्, हामीले बुझ्ने प्रयास गरिरहेका छौं ।’
    करिव डेढ बर्ष पहिले नावालक हत्या अभियोगमा थुनिएकी नेपाली महिलाबारे जानकारी पाएपछि आफूले उनलाई बचाउन कोसिस गरेको राजदूत पाण्डेले बताए । ‘मैले उनको बयान हेरेँ, उनीहरुसँगै गएर पनि कुरा गर्‍यौं, उनले साहुनीले दुव्र्यवहार गरेका कारण आवेशमा आएर छोरालाई बाथरुममा लगेर छुरा हानेको स्वीकारेकी थिइन् ।’ राजदूत पाण्डेले भने ।
    आफूले आवेशमा आई हत्या गरेको र मनशायप्रेरित हत्या नभएको भन्दै मृत्युदण्डबाट जोगाउन र पीडित परिवारलाई कन्भिन्स गरिदिन आफूले त्यहाँको गर्भनरलाई भेटेर आग्रहसमेत गरेको राजदूत पाण्डेले बताए । आवेशमा भएको घटनालाई फौजदारी कानूनले हत्या मान्दैन ।
    ‘गर्भनरले कोसिस पनि गरेका हुन् तर, मृतकको परिवार निकै क्रुद्ध थियो,’ राजदूत पाण्डेले भने । यसबारे आफूले निकै पहिले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको र उनको परिवारसँग पनि सम्पर्क गरेको पाण्डेले जानकारी दिए ।
    यद्यपि मृत्युदण्ड दिइएको भनिएकी महिलाको नाम अस्पष्ट भएकाले आफूले उनको अवस्थाबारे तत्कालै बताउन नसक्ने पाण्डेले बताए । यसबारे मंगलबारसम्म विस्तृत सूचना प्राप्त हुने राजदूत पाण्डले बताए ।


    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र