• Breaking News

    8.29.2014

    गोरखामा बस दुर्घटना, ३ जनाको मृत्यु, उद्धार कार्य चल्दै

     गोरखा, भदौ १४ - गोरखामा भएको बस दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।
    आरुघाटबाट गोरखाबजार आउँदै गरेको ना ४ ख १३९५ नम्बरको बस बगुवा गाविस ३ खान्चोक नजिकै सडकबाट तल खसेर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।
    ज्यान गुमाउनेमा एक जना बालक र अरु २ जना २२-२५ वर्षका महिला छन् । उनीहरुको परिचय खुलेको छैन ।
    घटनास्थलमा रहेका सामाजिक कार्यकर्ता नवराज पोखरेलका अनुसार बसमा ४० जना भन्दा धेरै यात्री थिए । जसमध्येका १५ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ ।
    पोखरेलका अनुसार बस खसेपछि चालक भागेका छन् । स्थानीयबासिन्दा र प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि गोरखा सदरमुकाम ल्याइँदै छ ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र