मोडल खुस्वु ओली यतिबेला निकै चर्चामा छिन् । दिनेश अधिकारीको हत्यापछि चर्चामा रहेकी उनकी प्रेमिका गृहमन्त्रीले संसदमा दिएको जवाफ अस्वीकार गरेकी छिन् । दिनेशलाई प्रहरीले नै हत्या गरेको उनले दावी गरेकी छिन । डीएसपी कुमुदको संलग्नतामा दिनेशको हत्या भएको दावी गर्ने खुस्बुसंग गरिएको कुराकानीः
दिनेश अधिकारी ‘चरी’ र तपाईबीच विवाह हुँदै थियो ?
हामी दुवैको परिवारबीच गत वर्ष नै विवाह गरिदिने सहमति भएको हो । हामी विवाहको तयारीमा थियौँ ।
तपाईंको नजरमा दिनेश कस्तो मानिस हो ?
मिडिया र राज्यले उहाँलाई डन र अपराधी बनायो । उहाँ मेरा लागि संसारकै असल मान्छे हो । पछिल्लो दुई वर्षयता उहाँको त्यस्ता कुनै पनि घटनामा संलग्नता थिएन । केही मुद्धा अदालतमा विचाराधीन थिए । केहीमा सफाई र केहीमा उहाँले सजाय भोगिसक्नु पनि भएको थियो ।
गृहमन्त्रीले पनि भिडन्तमै मरेको भन्ने जवाफ संसदमा दिनुभयो नि ?
गृहमन्त्री गलत हुनुहुन्छ । उहाँले त्यसको पुष्ट्याईं गर्नुपर्छ । पक्राउ गरेर कानुनी कारबाही चलाउनु पर्नेमा हत्या गर्ने उल्टै परिवारलाई पीडा दिने यो काम बिल्कुल ठीक भएन । यो सुनियोजित हत्या हो । यसमा डिएसपी कुमुद ढुंगेलको हात छ । मप्रति उनी अति नै आकर्षित थिए । उनले मलाई एकतर्फी रुपमा मन पराउँथे । हामी अब प्रहरीमा कुमुद, अर्पण र अरु केही मान्छेविरुद्ध किटानी जाहेरी दिन्छौं ।
कुमुदले तपार्इलाई चाहेका थिए ?
जुन दिन दिनेश र म अर्थात हाम्रो बिहेको कुरा टुंगियो, त्यही दिन कुमुदले मलाई फोनमा दिनेशलाई कुनै पनि दिन मारिदिन्छु भनेका थिए । त्यसलाई छाड्दिन भनेका थिए । प्रहरीले दिनेशलाई जबर्जस्ती डन बनाएको हो । बर्दी लगाएर दिनदहाडै गोली हानेर मान्छे मार्ने कुमुद ढुंगेल डन हो । साँच्चै भन्ने हो भने त डन भनेकै प्रहरी हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment