एजेन्सी, भदाै २ । एक रातमा १४ घर चोर्न खौज्दा पक्राउ परेका पेसेबर चोर १० वर्षका लागि जेल परेका छन् । बेलायतको सेलफोर्डका पेसेवर चोरहरुको नाइके ५१ वर्षिय ड्यारल कनेडीले १ सय ४० भन्दा बढी चोरी स्वीकारेपछि अदालतले जेल पठाएको हो ।
ड्यारलले अहिलेसम्म दुई लाख ५० हजार पाउन्ड बराबरको सम्पत्ति चोरेको प्रहरीले बताएको छ । उसले चेसायर क्षेत्रका एक सय ४० भन्दा बढी घरहरुमा चोरी गरेको थियो । ड्यारल राति मात्र नभएर दिउँसै पनि घर फोर्ने गर्दथे । घरका सामान चोर्नुअघि उनी उक्त घरमा मान्छे भए नभएको पत्ता लगाउँथे । घर मालिक काममा गएको या बिदा मनाउन गएको मौका छोपी उनी चोरी गर्ने गर्थे ।
कतिसम्म भने ड्यारल कनेडीले आफ्ना चोरीका सामान सार्नका लागि तीन जना ड्राइभर पनि राखेका थिए । चेसायर क्षेत्रमा चोरी गरेपछि उनी सामान लिएर सेलफार्ड फर्कने गर्थे । तीन ड्राइभरमध्ये दुई पनि जेल परेका छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment