भक्तपुर, भाद्र ९– भर्याङ्ग र त्यसको कुनामा कोचिएर राखेको झोला, जुत्ताको लहर । हेर्दा लाग्छ,कँही बसाईँ जान ठिक्क पारेको झोला हो । तर त्यो झोला बसाइँ जानको लागि ठिक पारेको होइन ।
महानगरीय ट्राफिक प्रहरी वृत्त सल्लाघारीमा कार्यरत ट्राफिक प्रहरीको कोठामा सामान नअटाएर भर्याङ्गको खुटकला भरी राखिएको हो । सबैको सुरक्षामा खट्ने प्रहरी नै असुरक्षित होला भन्ने महसुस कसैले गरेको हुँदैन तर यहाँ एउटै कोठामा ३२ प्रहरी जवान ठेलमठेल गर्दै बस्नुपरेको छ । कार्यालय प्रमूख इन्स्पेक्टरले कार्यालय बारेर आफ्नो सुत्ने कोठा बनाएको छ । सई र असईको कार्यालय र कोठा एउटै छ । एउटा कोठा रिसेप्सनको लागि छुट्याएको छ । ट्राफिक कार्यालय सल्लाघारीमा ३५ जनाको दरबन्दी छ । तर कार्यालय र आवास गरी ४ वटा मात्र कोठा लिएको छ । खाना पकाउन बाहिर सानो टहरा बनाएको छ ।
भवन जीर्ण बनिसकेको छ । सरकारले हाइड्रेसन लाइनको सय मिटर वरपर नक्सापास समेत रोकेको छ । तर ट्राफिक कार्यालय हाइड्रेसन लाइन ११ हजार भोल्टको तारको मुनी भएकाले छतमा जान समेत रोक छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment