• Breaking News

    8.13.2014

    पत्रकार बनिन् नम्रता !

    ७१ साउन २९ गते
    नम्रताको करिअर सञ्चारमाध्यमबाटै सुरु भएको हो । पत्रकारिताको धेरथोर अनुभव सुरुवाती दिनमै सँगालेकी थिइन् । उसो त नम्रताले हिरोइन हुने बारे सोच्दै नसोचेकाले पनि पत्रकारिता क्षेत्रमा उनले रुचि बढाएकी थिइन् ।
    एफएममा काम गर्दैगर्दा उनको सुन्दरता म्युजिक भिडियो निर्देशकको आँखामा परेपछि म्युजिक भिडियोमा काम गर्न थालिन् । त्यसपछि फिल्मको अफर आइहाल्यो । पहिलो फिल्म नै हिट भयो । पत्रकारिता कहाँ छुट्यो, कहाँ !
    कलाकार भएपछि अनेक जीवन भोग्नुपर्छ । यतिबेला रिलकै भए पनि पत्रकारको जिन्दगी भोग्ने अवसर पाएकी छिन् उनले । फिल्म ‘सम्बोधन’मा क्राइम रिपोर्टरको भूमिकामा छिन् । फिल्मको कार्यक्रममा पनि उनी सोही ‘गेटअप’मा देखिएकी थिइन् ।
    यो एक महिना छेपारोले रङ फेरेजस्तो एकैदिन फरक–फरक रूपमा देखिनुपरेकाले पो हैरानी बढेको छ । किनभने भदौ ६ गतेको मितिमा उनी अभिनीत दुइटा फिल्म रिलिज हुँदै छन् । उनले आफ्ना फिल्म जुध्नुको दुःख पोख्दै भनिन्, ‘दुइटै आफ्नै हुन् । पब्लिसिटीका लागि आधा–आधा समय दिन्छु ।’
    नम्रतालाई पत्रकारको भूमिकामा भदौ ६ गते हेर्न पाइने भएको छ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र