• Breaking News

    8.29.2014

    भोजपुका युवा एक हप्तादेखि मलेसियामा बेपत्ता

    १३ भदौ, मलेसिया । केही महिना अघिमात्रै विहे गरेर मलेसिया पुगेका भोजपुरका एक युवा मलेसियामा बेपत्ता भएका छन् । भोजपुरको सिद्देश्वर गाविस घर भएका मनोज पाण्डे एकसातादेखि बेपत्ता भएपछि उनी सँगै काम गर्ने साथीहरुले उनको खोजी गरिदिन आग्रह गरेका छन् । मलेसियाको सेलेङ्गर राज्यस्थित साहलमको बातुतिगामा रहेको रहेको सिड्नी चेक हाउस कम्पनीमा कार्यरत मनोज बेपत्ता Manoj Pandeyभएपछि उनका साथीहरुले खोजी अभियान चलाएका हुन् । गत आइतवार बजार जान केलाङ्ग हिँडेका उनी शुक्रबारसम्म कोठा फर्केका छैनन् । सिद्देश्वर गाविस घर भएका उनका साथी कुमार खड्काले मनोज हराएपछि लगातार खोजी गर्दा पनि नभेटिँदा चिन्ता बढेको बताए । पाण्डे बेपत्ता भएदेखि उनले प्रयोग गर्ने मोबाइल पनि बन्द छ । उनी हराएपछि अवस्था खुल्न नसकेकाले उनका आफन्तलाई केही जवाफ दिन नसकेका उनका साथी खोटाङका बाबुराम पौडेलले बताए । मनोज हराएपछ उनका साथीहरुले प्रहरीमा पनि जानकारी गराइसकेका छन् । कम्पनीले समेत जानकारी गराएर मनोजको खोजी गर्दा हालसम्म उनका अवस्था पत्ता नलागेको हो । प्रहरीले उनी हराएको आसपासका कुनै पनि चौकीको हिरासतमा मनोज नरहेको जानकारी गराएको आएको पौडेलले उल्लेख गरे । दुई महिने छुट्टीमा घर गएका पाण्डेले विवाह गरेर पत्नीलाई घरमा छोडी आएका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र