• Breaking News

    8.08.2014

    छोरीको प्रेमीलाई टुक्रा-टुक्रा बनाएपछि

    काठमाडौ, २३ साउन(एजेन्सी) : एक पिताले आफ्नी छोरीको प्रेमीको हत्या गरेका छन् । उनले आफ्नी छोरीको प्रेमीको हत्या गरी उनको शव प्रहरी चौकीमा पुर्याएर हत्या गरेको स्विकार गरेका छन् ।
    भारतको बेङ्लोरमा भएको उक्त घटनामा ४० वर्षीय रियाज खानले आफ्नो ७ कक्षामा पढ्ने छोरीको २० वर्षीय प्रेमी सादिकको हत्या गरेका हुन् । प्रहरीका अनुसार २० वर्षका सादिकसँग उनकी छोरी भागेकी थिइन् । छोरी भगाएको भन्दै रियाजले गत अगस्त २ का दिन प्रहरी चौकीमा रिपोर्ट समेत बुझाएका थिए ।
    यसपछि जब रियाजले आफ्नी छोरी प्रेमी र प्रेमीका एक साथीको साथमा रहेको थाहा पाए तब उनले सादिकको परिवारसँग उनीहरू बसेको स्थान पत्ता लगाउन चाहे । यस क्रममा सादिकका साथी इरफानले उक्त घटनामा हस्तक्षेप गर्दै दुवै पक्षबीच सम्झौता गर्ने कोशिस गरे र साथमा उनले यसको सट्टामा पैसा समेत मागे ।
    इरफानले भनेअनुसार सादिक नाबालिग प्रेमीकालाई लिएर रियाजसँग भेट गर्न पुगे । प्रेमीको जोडीले नछुट्टने बताए र यता इरफानले पैसा माग्न थालेपछि रिसाएका रियाजले इरफानलाई धारिलो हतियारले हमला गरेका थिए । यसपछि रियाज, छोरी र उनका प्रेमी सादिकलाई लिएर बहिनीको घरमा पुगे ।
    प्रहरीका अनुसार जब सादिक सुतिरहेका थिए, रियाजले आफ्नी छोरी र अन्य परिवारको उपस्थितिमा नै उनको हत्या गरे । जब परिवारका सदस्यहरू त्यहाँबाट गए तब रियाजले उनको शवलाई टुक्रा-टुक्रा पारेर एक बोरामा हाले र उक्त बोरालाई स्कुटरमा हालेर प्रहरी चौकी पुगेर आफूले हत्या गरेको स्विकार गरे । प्रहरीले उनलाई पक्राउ गरेको छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र