• Breaking News

    8.03.2014

    कमल थापालाई किन मन परेन मोदीको सम्वोधन ?

    काठमाडौं, १८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभामा गरेको सम्वोधनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा असन्तुष्ट बन्नुभएको छ ।
    मोदीको सम्बोधनपछि संसदबाटै मिडियालाई प्रतिक्रिया दिदैँ उहाँले संघीयता र गणतन्त्रको विषयमा मोदीले बोलेकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।
    संसदमा मोदीले नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेकोमा एकदमै सही भएको बताउनुभएको थियो ।
    मोदीको सम्वोधनबाट मधेसिवादी दलहरु भने खुशी भएका छन् । नयाँ संविधानमा हिमालदेखि तराईसम्म सबैको भावना जोड्नुपर्ने मोदीको प्रतिक्रियाबाट मधेसवादी दलहरु सन्तुष्ट बनेका हुन् ।
    ‘हामी उहाँको सम्वोधनबाट सन्तुष्ट छौँ ।’ एक मधेशवादी नेताले भने ।
    मोदीले संविधान समावेशी हुनुपर्ने, हर नेपाली नागरिक पहाड, तराई सबैकोे हुनुपर्ने जस्ता कुरा सम्वोधनका क्रममा गर्नुभएको थियो ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र