• Breaking News

    8.17.2014

    एमाओवादीमा ११ अर्बको पोल खुल्दै

    काठमाडौं, भदौ २ । तत्कालीन जनमुक्ति सेनाको क्यान्टोन्मेन्टमा भएको आर्थिक घोटला खोज्ने तयारीमा अख्तियार लागेकै बेला एक पूर्व लडाकु कमान्डरले एमाओवादीमा हंगामा मच्चाइदिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्म जोडिएको उक्त काण्डमा सुरुदेखि संलग्न रहेका पूर्व कमाण्डरले मोर्च फेरेपछि ११ अर्ब रुपैयाँ अनियमतिताको पोल खोल्ने डर एमाओवादीमा बढेको छ ।
    तत्कालनी डिभिजन कमान्डर कालीबहादुर खाम एमाओवादीमा भर्खरै उदाएको चौथो शक्तिमा लागेका छन् । लीलामणि पोखरेल र लेखराज भट्टलगायतलाई स्थापित गर्न खोज्दैछन् उनी । जनसेनाका पूर्व डेपुटी कमान्डर जनार्दन शर्मा र वर्षमान पुन भने ११ अर्ब काण्ड सामसुम पार्न चाहन्छन् ।
    जनसेनाका नाममा आएका रकमको स्पष्ट हिसाब बोकेर बसेका खामले पहिले पनि प्रचण्डलाई धम्की दिइसकेका थिए । प्रहरीको मोस्ट वान्टेड सुचीमा परेदेखि नै खामले धम्की दिन थालेका हुन् । त्यतिबेला उनले मोर्च फेरेका थिएनन् । अहिले भने उनी मोर्चा फेरेका छन् । अब ११ अर्बको पोल खुल्ला कि ? आजको साँघुमा खबर छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र