• Breaking News

    8.04.2014

    मोदीले जीतबहादुरबारे ढाँटे

    मोदीले जीतबहादुरबारे ढाँटेको भारतीय मिडियामा चर्चा
    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनीसँग बस्दै आएका नेपाली जितबहादुरलाई आफूले १६ वर्षपछि परिवारसँग पुर्नमिलन गराउन लागेको भनेर गरेको दावी गलत भएको सार्वजनिक भएको छ ।
    बीबीसी हिन्दीमा प्रकाशित एक रिपोर्टका अनुसार जितबहादुरको परिवारसँग सन् २०१२ मा नै परिवारसँग पुर्नमिलन भइसकेको उल्लेख छ । सन् २०१२ मा उनको परिवारको साथमा रहेको फोटो सार्वजनिक भएपछि उक्त कुरा पत्ता लागेको हो ।
    स्वयम् जितबहादुरले बीबीसीसँगको कुराकानीमा मोदीको दावीको विपरित कुरा गरेका थिए । उनले भने, ‘म धेरै दिन मेरो परिवारसँग बसेको बसेको छु । तर, मोदी पहिलो पटक मेरो परिवारसँग भेट्दैछन् ।’
    जितबहादुरले भने सन् २०११–१२ मा मोदीलाई भेट्न नेपाली व्यापारी विनोद चौधरी आएका थिए । उनले मेरो परिवारसँग भेटाउने वाचा गरेका थिए । लगत्तै मेरो परिवारसँग भेट भएको थियो ।’
    सो समयमा उनी तीन महिना नेपालमा उनको परिवारसँग बसेर अहमदावादस्थित मोदीको घर फर्किएका थिए ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण आफ्नो केही व्यक्तिगत भावनासँग जोडिएको बताएका थिए । धेरैवर्ष पहिले एक साना बालक जितबहादुर असहाय अवस्थामा मसँग आइपुगेका थिए ।
    मोदीले भनेका थिए, ‘उसलाई कहाँ जान्छु र के गर्छु थाहा थिएन । केही समय पहिले म उनका बाबुआमा पत्ता लगाउन सफल भए । तर, जितबहादुरको भनाईले मोदीको भनाईलाई खण्डन गरेको छ । उनी सन् १९९८ मा घर छोडेर मोदीको घर पुगेका थिए । उनको यसअघि परिवारसँग भेट भएर खिचेको तस्वीर समेत सार्वजनिक भएको छ ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र